चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिती नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमा घरमा आउँदै छ ।

माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिको संयुक्त प्रस्तुती रहेको चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ ।

चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।

किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ ।

चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।

यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् ।

सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाललगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?