केरलास्थित वायनाडमा राहुल गान्धी विजयी

काठमाडौं । भारतीय लोकसभा चुनावमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी विजयी भएका छन् ।

उनी केरलास्थित वायनाडमा विजयी भएका हुन् । 

५ लाख २१ हजार ५ सय ९८ मतका साथ गान्धी भारी मतले विजयी भएका हुन् । 

त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरले १ लाख ९५ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?