शेयर बजार पाँच अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज ‘बिहीवार’ पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३ सय १४ दशमलव ५५ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २ सय ८० दशमलव ३८ अङ्कमा झरेको छ । 

कूल १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३ सय ४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ मूल्यमा खरीद बिक्री भए । आज ‘बिहीवार’ कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।

होटल ३५ दशमलव ८३, निर्जीवन बीमा ३ दशमलव ७१, अन्य शून्य दशमलव ९२, लघुवित्त एक दशमलव ७० र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई विन्दुले घटेको छ । 

त्यस्तै बैंकिङ शून्य दशमलव ९५, व्यापार शून्य दशमलव शून्य आठ, विकास बैंक नौ दशमलव २०, जलविद्युत् ६४ दशमलव ७८, वित्त ७ दशमलव शून्य पाँच, उत्पादन शून्य दशमलव पाँच र जीवन बीमा ४४ दशमलव ५३ अङ्कले घटेको छ ।

स्टकका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १५ करोड ५९ लाख ६४ हजार ८ सय ४८, हिमालयन डिस्टिलरी सात करोड तीन लाख ३४ हजार २ सय ३०, नेपाल बैंक लिमिटेड ६ करोड १४ लाख ७१ हजार ९ सय ९५, कृषि विकास बैंक चार करोड १० लाख ३२ हजार २७, शिवम् सिमेन्ट तीन करोड ९७ लाख ९२ हजार ९ सय २६ र जनता बैंकको दुई करोड ९३ लाख ६० हजार ४ सय ४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । 

स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाए । त्यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ६३, सिभिल लघुवित्त वित्तीय संस्था ४ दशमलव ९३, समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ४५ प्रतिशतले कमाए । 

त्यस्तै आजदेखि कारोवार शुरु भएको हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ९ दशमलव ७२, हिमालयन पावर पार्टनर ९ दशमलव ७०, घलेम्दी हाइड्रो पावर ८ दशमलव ५७, युनाइटेड मोदी ८ दशमलव ५२ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ७ दशमलव ६९ प्रतिशतले गुमाएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?