सिक्किममा ढल्यो २५ वर्षे पवन चाम्लिङको शासन सत्ता

काठमाडौं । भारतीय लोकसभा चुनावमा सिक्किममा पवन चाम्लिङको पार्टी  सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) पराजय भएको छ । 

चैत २३ गतेदेखि शुरु भएको चुनाव गत आइतवार सम्पन्न भएको थियो । 

कुल ५ सय ४३ सिटका लागि ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणनाका आधारमा  सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । 

१७ औं विधानसभा चुनावमा पवनको पार्टी भारी मत अन्तरले पराजय भएको हो । 

सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । 

चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी सन् २०१४ को चुनावमा चाम्लिङको पार्टीले २२ सिट जितेको थियो ।

सिक्किमको एकमात्र लोकसभा सिटमा पनि सिक्किम क्रान्तिकारी मोर्चा नै विजयी भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?