काठमाडौंको टोखामा पुरुषको शव फेला, हत्या भएको आशंका

काठमाडौं । काठमाडौंको टोखामा एक पुरुषको शव फेला परेको छ । 

शुक्रवार बिहान टोखा नगरपालिका २ दुबो गाउँ भन्ने स्थानमा अन्दाजी २४ वर्षको पुरुषको शव फेला परेको हो । 

शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । 

डिएसपी फणीन्द्र प्रसाईंका अनुसार मृत्युको कारण खुल्न नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । 

‘सडक किनारको खोल्सा छेउँमा शव भेटिएको हो, अनुसन्धान भइरहेको छ,’ उनले भने ।

उता मृतक पुरुषको शरीरमा चोकपटक देखिएको स्थानीयवासीले बताउँछन् । 

घटना हेर्दा युववको हत्या भएको आशंका स्थानीयवासीको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?