सिरहामा बस र ट्रक एकआपसमा ठोक्कियो: दुईको मृत्यु, २५ घाइते

सिरहा । सिरहामा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 

बिहीवार राति पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० स्थित प्रयागपुर चोकमा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्युु हुनेमा बस चालक भोजपुर निबािस ३५ वर्षीय हिर पहेलि र झापा निबासि ४० वर्षीय मदन उप्रेती छन् । 

ना ८ ख ९८२ नम्बरको प्राइम बस पूर्व झापाबाट काठमाडौं जादैँ गर्दा पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सुकदेव खनालले जानकारी दिए । 

डीएसपी खनालकाअनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० जना गम्भीर रहेका छन् ।

एकजनाको घटनास्थलमै र अर्कोको उपचारको क्रममा मिर्चैयामा मृत्यु भएको डीएसपी खनालले बताए । सामान्य घाइतेहरुको स्थानीय अस्पतालमा र गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?