सुर्खेत। हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लोहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अदानचुलीको श्रीनगरबाट वडा नम्बर-५, को बारीगाउँ जाँदै गरेको सु००१ ज ११८३ नम्बरको बोलेरो जीप चार बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेको छ।
घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया