बाप्टिस्टाले भने, ‘अब म नयाँ जीवन बिताउन चाहन्छु’

एजेन्सी । ब्राजिलका पुर्व मिडफिल्डर जुलियो बाप्टिस्टाले सक्रिय खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् । 

उनले सबै खाले फुटबलबाट सन्यास लिएको सामाजितक सन्जालबाट जानकारी दिएका हुन् । उनी स्पेनी क्लब रियल म्याड्रिड र इंग्लिस क्लब आर्सनका पूर्व मिडफिल्डर समेत हुन् । बाप्टिस्टाले सक्रिय खेल जीवनबाट विश्राम लिने समय आएको समेत बताएका छन् । 

उनले भनेका छन्, ‘खेल जीवनबाट सन्यास लिने यो नै मेरो लागि सहि समय हो, मैले दुई दशक खेलकुदमा नै बिताए, अब म नयाँ जीवन बिताउन चाहन्छु ।’


 
साथै उनले २० वर्षसम्मको अवधिका साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद समेत दिएका छन् । ३७ वर्षे बाप्टिस्टाले ब्राजिलका लागि दुई कोपा अमेरिका कप फुटबल तथा दुई पटक नै फिफा कन्फेडेरेसन कपको उपाधि जिताएका थिए ।

त्यस्तै उनले सन् २००८ मा रियल म्याड्रिडलाई स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । सन् २००० बाट व्यवसायिक फुटबलको यात्रा गरेका उनले रियल म्याड्रिड, आर्सनल, सेभिया, मालागा र क्लजबाट खेल खेलेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?