काठमाडौं । भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ ।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको शुक्रवार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
भूकम्पले ध्वस्त बनाएको सो दरबार हाईस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया