कञ्चनपुर । प्रहरीले स्थानीयमाथि लाठ्ठी प्रहार गरेपछि कञ्चनपुरको पुर्नवास नगरपलिका तनावग्रस्त बनेको छ ।
बिहीवार साँझ प्रहरीले वडाअध्यक्ष तुलसी अर्यालसहित स्थानीयमाथि लाठ्ठी प्रहरी गरेको थियो । लाठ्ठी प्रहरपछि कञ्चनपुरको पुर्नवास नगरपलिका ११ डोकेबजार क्षेत्र तनावग्रस्त बनेको हो ।
प्रहरीले लाठ्ठी प्रहरी गरेपछि स्थानीयले प्रहरीविरुद्ध प्रदर्शन शुरु गरेका हुन् ।
एक साताअघि पुनर्वास नगरपालिका–११ का १६ वर्षीय रोमन विकले सोही नगरपालिका ३ की १४ वर्षीया पुष्पा विकसँग भागी विवाह गर्न खोजेका थिए ।
बिहीवार साँझ प्रहरीले दुवैलाई खोजेर आफन्तको जिम्मा लगाउन खोज्दा विवाद शुरु भएको हो ।
रोमनलाई अभिभावकको जिम्मा लगाए पनि पुष्पाका अभिभावक आएनन् ।
प्रहरीले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा लगेर जिम्मा लगाउन खोज्दा स्थानीयले महिला प्रहरीसँगै लैजानुपर्ने माग गर्दै अवरोध गरेपछि प्रहरीले जथाभावी स्थानीयमाथि लाठ्ठी प्रहरी गरेको वडाध्यक्ष अर्यालले बताए ।
शुक्रवारपछि पचगडिया प्रहरी चौकी घेरेर टायर बालेर विरोध भइरहेको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्णबहादुर बमलगायतले मदिरा सेवन गरेर जनप्रतिनिधि र स्थानीयलाई लाठ्ठी प्रहार गरेको स्थानीयको आरोप छ ।
बमले माफी माग्नुपर्ने उनीहरुको माग छ ।
उता महेन्द्रनगरबाट प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यसहितको टोलीबीच छलफल शुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया