त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारु नोटसहित युनुस अन्सारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं नक्कली भारु नोटसहित पाकिस्तानका  पूर्वमन्त्री सली मियाँका छोरा युनुस अन्सारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् ।

पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट काठमाडौं आएका युनुसका साथबाट प्रहरी उक्त नक्कली नोट बरामद गरेको हो । 

उनले ल्याएको चारवटा सुटकेशमा सो नोट बरामद गरिएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइराला जानकारी दिए । 

विमानस्थल प्रहरीका एसपी कोइराला भने, ‘भन्सार जाँच गर्ने क्रममा सुटकेशमा भारु नोट भेटिएको थियो । जाँचबुझ गर्दा ती नोटहरु नक्कली भएको पाइयो । 

उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक पनि छन् ।

यसअघि पनि पटक–पटक नक्कली भारु कारोबारमा रंगेहात पक्राउ परेका युनुस केही समयअघि मात्र जेलबाट छुटेका थिए । 

उनी जेलबाट छुट्नासाथ पाकिस्तान गएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?