सगरमाथाको वास्तविक उचाई ६ महिनाभित्र

काठमाडौं । सगरमाथाको वास्तविक उचाई ६ महिना प्राप्त हुने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बताइन् । 

गत चैत ३ गते सगरमाथाको उचाई नाप्न त्यसतर्फ प्रस्थान गरेको नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको टोली काठमाडौं फर्किएका छन् । 

सगरमाथाको चुचुरो पुगेर फर्किएको टोलीलाई मन्त्री अर्याले मन्त्रालयमा शुक्रवार बिहान स्वागत गरेकी थिइन् । 

उनले ६ महिनाभित्र नेपाल आफैंले मापन गरेको सगरमाथाको वास्तविक उचाई प्राप्त हुने बताएकी हुन् । 

सगरमाथा नाप्न गएको टोलीले १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा विताएका थिए । 

सगरमाथा नाप्न गएको टोलीका संयोजक विभागका प्रमुख नापी अधिकृत गौतमले आफूहरु १ घण्टा १६ मिनेट सगरमाथाको चुचुरोमा बिताएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?