बेलायतकी प्रधानमन्त्रीले गरिन् राजीनामाको घोषणा, कारण यस्तो

एजेन्सी । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले आफ्नै पार्टीबाट आएको निरन्तर दबावका कारण राजीनामा दिने निर्णय गरेकी छिन् ।

आफ्नो ३ वर्ष लामो नेतृत्वलाई पूर्णविराम लगाउँदै मेले यही जून ७ मा राजीनामा दिने घोषणा गरेकी हुन् । 

आफ्नो नेतृत्वको दौरान उनले बेलायतलाई यूरोपियन यूनियनबाट अलग्याउन नसकेको भन्दै आफ्नै पार्टीबाट चर्को विरोध भएपछि उनी राजीनामा दिने निर्णयमा पुगेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?