प्रधानमन्त्री कप क्रिकेट : आर्मीको विजयी शुरुवात, प्रदेश २ भारी रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता आज ‘शुक्रवार’देखि शुरु भएको छ । 

आज भएको उद्घाटन खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा भएको खेलमा आर्मी क्लबले प्रदेश २ लाई १ सय ७१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

२ सय ७९ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको प्रदेश २ को पारी  ३१ दशमलब ४ ओभरमा मात्र १ सय ७ रनमा समेटिएको थियो । प्रदेश २ का लागि हरी शंकर साहले २१ रन, संसद शेखले १६ रन, सुधीर चौधरीले १५ रन तथा राशिद खानले १४ रन जोडे । 

आर्मीका लागि साहब आलमले ४ विकेट तथा जितेन्द्र मुखिया र सुसन भारीले समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७८ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय पारी खेले ।

आर्मीका लागि राजुले ९० रन तथा बिनोदले ६६ रन बनाए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन र हरि चौहानले २६ रन तथा सुशन भारीले १२ रनमा अविजित रहे ।

खेलमा आर्मीका राजु रिजाल प्लेयर अफ दि म्याच तथा आर्मी कै साहब आदम भ्यालुएबल प्लेयर घोषित भए । यो जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले ३ अंक जोडेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?