थाइल्याण्डमा नयाँ सभामुख मनोनित

एजेन्सी । थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् ।

शुक्रवार भएको निर्वाचनमा सिनेटरहरुले उनलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

उपसभामुखको रुपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्व अध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित भएको जनाएको छ । 

गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको सुभारम्भ समारोहको अध्यक्षता भने शुक्रवार थाईल्याण्डका राजा र रानीले गरेका थिए ।  

सुभारम्भ समारोहमा कुन ४९८ जना सांसद, २५० जना सिनेटरसँगै प्रधानमन्त्री प्रयुत चान ओच, मन्त्रीहरु, विभिन्न स्वतन्त्र निकायका अधिकारीहरुलगायत सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?