बार्यनले जित्यो जर्मन कप फुटबलको उपाधि

एजेन्सी । बार्यन म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ । 

शनिवार राति सम्पन्न भएको फाइनल खेलमा बार्यन म्युनिखले लिपजिगलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । यो उपाधिसँगै बार्यन लगातार सातौँ पटक लिग च्याम्पियन बनेको हो । 

बार्यन म्युनिखका लागि खेलको २९ औँ मिनेटमा रोबर्ट लेवान्ठोस्कीले पहिलो गोल गरे । खेलको पहिलो हाफसम्म १-० गोलको अग्रता लिएको बार्यनले दोस्रो हाफमा थप दुई गोल ग-यो ।

खेलको ७८ औँ मिनेटमा किंग्स कोम्यानले तथा ८५ औँ मिनेटमा लेवान्डोस्कीले क्लबका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेपछि लिपजिग स्तब्ध बनेको थियो । यसै सिजन क्लब छाड्ने निर्णय गरेका फ्रयाङ रिबेरीले उपाधि सहित जर्मन क्लबबाट बिदाई लिएका छन् ।  

समग्रमा बार्यनले १९ औँ पटक जर्मन कप उपाधि उचालेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?