कपिलवस्तुमा जिपको ठक्करबाट एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज ‘आइतवार’ बिहान एक युवकको मृत्यु भएको छ ।

लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । जिप चालक भने फरार भएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?