अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्तमा आइतवार गरिएको सैनिक कारबाहीमा कम्तीमा १५ जना तालिबान लडाकूको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् ।
विशेष फौजका तर्फबाट जारी वक्तव्यमा अफगान फौजले आइतवार बिहान वार्दाक र पाक्टीका प्रान्तमा गरेको कारबाहीमा १५ जना तालिबानी लडाकूको मृत्यु भएको जनाइएको छ ।
सुरक्षा कारबाहीमा मारिएका लडाकूहरु विगतदेखि नै विभिन्न आपराधिक कार्यहरुमा संलग्न रहेका र मारिएका एक लडाकू तालिबानका डिभिजनल कमान्डर समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानमा पछिल्ला केही महिनादेखि हिंसात्मक झडपका घटनामा व्यापक वृद्धि भएको छ । आक्रमणबाट ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको छ ।
यसैबीच, उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा सुरक्षाफौजसँगको भिडन्तमा तीन जना प्रहरी र सात जना तालिबान लडाकूकको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया