धरानमा दिनदहाडै गोली प्रहार, शम्भुप्रसाद गच्छदार गम्भिर घाइते

काठमाडौं । धरानमा एक लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि दिनदहाडै गोली प्रहार भएको छ । 

धरानको साउनेमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि आज ‘आइतवार’ दिउँसै गोली प्रहार भएको हो । गोली लागेर गम्भिर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको धरानका इन्सपेक्टर अशोक जबेगुले जानकारी दिए ।

गोली हान्‍ने समूहले गच्छदारको साथबाट ४ लाख रुपैयाँ लुटेको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?