चेक बाउन्स गर्ने महिला स्वयम्भुबाट पक्राउ

काठमाडौं । चेक बाउन्स गरेको अभियोगमा काठमाडौंको स्वयम्भुबाट अप्सरा श्रेष्ठ ‘कार्की’ प्रकाउ परेकी छिन् । 

स्वयम्भमा फेन्सी पसल सञ्चालन गरिरहेकी ३६ वर्षीया अप्सरालाई ब्ल्याङ्क लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रवार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

अप्‍सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २० र २५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै विश्वास दिलाई ब्ल्याङ्क चेक लिने र आफु खुशी रकम लेखी चेक बाउन्स गरेको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले अप्सराको पसलबाट बिभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत बरामद गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?