प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने सागर च्यामे पक्राउ परेका छन् । 

काठमाडौं टेकुका ३२ वर्षीय च्यामेलाई शनिवार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ कुलेश्वर चुनीपाखामा खटीएको प्रहरीले तलासी गर्ने क्रममा सागरको साथमा लागूऔषध फेला पारेको बताएको छ । प्रहरीले उनको साथबाट फेनारागन १ एम्पुल, नोर्फिन १ एम्पुल र डाइजेपाम १ एम्पुल फेला पारेको थियो । 

लागुऔधषसहित पक्राउ परेका उनले प्रहरीलाई १ हजार ५० रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।  सागरलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

त्यस्तै भक्तपुर नगरपालिका-१० कमलबिनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई पनि आर्थिक प्रलोभनमा पार्न खोज्ने  काभ्रे बनेपा बस्ने  सिन्धुपाल्चोकका १९ वर्षीय रुपेश माझीलाई आइतवार बिहान पक्राउ परेका छन् । 

बा.३ ख ५४२४ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा सहचालकले चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा प्रहरीलाई १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाई उक्त रकम र ट्रिपर सहित प्रहरीले पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?