जुवातास खेल्ने २० जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेल्ने २० जनालाई स्वयम्भुबाट पक्राउ गरेको छ । 

काठमाडौं स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका-४ घर भएका ४६ वर्षीय आनन्द पौडेल लगायत १० जनालाई नगद ४० हजार २ सय ४५ रुपैयाँ र ३ बुक तास सहित शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी सोही महानगरपालिका धिमिलोस्थित राजभाई कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठ लगायत १० जनालाई नगद २७ हजार ८ सय १० रुपैयाँ  र ३ बुक तास सहित शनिवार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?