डडेलधुरामा माछापुच्छे बैंकको दुई शाखा सञ्चालनमा

काठमाडौं । माछापुच्छे बैंकले डडेलधुरामा आफ्नो ९९ र १०० औँ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छे बैंकको हालसम्म एक सयौं शाखा रहित बैकिङ्ग सेवा सुचारु भइसकेकोबैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त 'रियल टाइममा' खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १ सय १ वटा शाखाहरु लगायत एक सय शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय १ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

साथै, बैंकको देशभर १ सय २२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?