सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु पाँच घाइते

काठमाडौंको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।  

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा उक्त घटना घटेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फडिन्द्र प्रसाईंले जानकारी दिए।  

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको पनि उनले बताए ।

 त्यस्तै आनमनगरमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?