प्रतिबन्धित विप्लव समूहको बन्दले जनजीवन प्रभावित

काठमाडौं–विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा साविकझैं गाडी चलेका छैनन् भने अघिकांश शैक्षिकसंस्था बन्द भएका छन् । यस्तै राजधानी बाहिरिने गाडी न्यून संख्यामा मात्रै चलेका छन् ।

प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो ।

नेकपाले जनघाती, राष्ट्रघाती, भ्रष्टचारी सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको भन्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?