टाइमिङ मिलाउन नजान्दा काठमाडौंमा बम विस्फोट

काठमाडौं–सोमबार बन्द सफल पार्न झिससिमेमै बिस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार अपरान्ह ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाई छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटिएको थियो । दुवैतिर एकै समयमा आकस्मिक रुपमा बम विस्फोट हुनेको कारणबारे अनुसन्धान केन्द्रीत गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । नयाँ पत्रिकाले यो खबर छापेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?