आज पनि राजधानीका विभिन्न स्थानमा बम फेला

काठमाडौं– सोमबार राजधानीका विभिन्न स्थानमा बम फेला परेको छ । सोमबार बिहान सातदोबाटो, भैसेपाटी र हात्तीबनमा बन फेला परेको हो ।
विप्लव समूहको नेपाल बन्दको क्रममा ती क्षेत्रमा बम फेला परेको हो।  विप्लव समूहले आफ्नो कार्यकर्ता हत्याको विरोधमा आज बन्द आहवान गरेको छ ।
यसअघि आइतबार पनि राजधानीको विभिन्न स्थानमा बम फेला पर्नुका साथै तीन स्थानमा विस्फोट समेत हुँदा ४ जनाको ज्यान गएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?