काठमाडौँ, १२ कात्तिक – राजनीतिक दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन् । गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरुले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए । निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि आजसम्मको समयसीमा प्रदान गरेको थियो । समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए । निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बन्दसूची सच्याउने क्रममा नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० लगायतका दलहरु आज अपराह्न निर्वाचन आयोग पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया