१० तस्वीरमा हेर्नुहोस् काठमाडौंमा बन्दको प्रभाव

काठमाडौं । विप्लव समूहले सोमवार आह्वान गरेको नेपालबन्दको प्रभाव काठमाडौंमा पनि परेको छ ।

उपत्यकाका विभिन्न स्थानमा भएको श्रङ्खलावद्ध बम विस्फोटका कारण सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेपनि सडकमा सवारीसाधनको चाप निकै पातलो देखिएको छ । उपत्यकाबाट बाहिरिने लामो दूरीका यातायात ठप्प छन् भने उपत्यकाभित्रै पनि सवारीसाधन पातलो भएकाले यात्रुहरुले निकै सास्ती झेल्नुपरेको छ । 

विभिन्न ठाउँमा अझैपनि शंकास्पद वस्तु फेला परिरहेकाले शैक्षिक संस्थाहरु पनि सञ्चालन गरिएको छैन । 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुरका नेता तीर्थराज न्यौपानेलाई प्रहरीले हत्या गरेको भन्दै पार्टीले नेपालबन्दको आह्वान गरेको हो । 

तस्वीरमा हर्नुहोस् राजधानीमा परेको बन्दको प्रभाव :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?