सिटीको सफलतामा प्रतिद्धन्दी क्लबले इस्र्या गर्छन् : अध्यक्ष मुबारक

एजेन्सी । म्यानचेष्टर सिटीका अध्यक्ष खालदुन अल मुबारकले सिटीको सफलतामा केही इंग्लिस क्लबहरुले इस्र्या गर्ने गरेको बताएका छन् । 

म्यान्चेस्टर सिटीले यो सिजनको एफए कप फुटबलको फाइनल खेलमा वाटफोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै एकै सिजनमा तीन महत्वपूर्ण प्रतियोगिताको उपाधि उचालेको थियो ।

अध्यक्ष मुबारकले भने, ‘प्रिमियर लिग च्याम्पियन सिटीसँग विश्वका उत्कृष्ट १० महङ्गा खेलाडी छैनन्, सिटीको शहरी प्रतिद्वन्दी म्यान्चेष्टर युनाईटेडले ८९ मिलियन पाउण्डमा पाउल पोग्बालाई क्लबमा ल्याएको छ, रोमेलु लुकाकुलाई ७५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएका छन्, यता लिभरपुलले ७५ मिलियन पाउण्डमा भर्जिल भान डिजिकलाई क्लबमा अनुबन्धन गरिसकेको छ ।’ 

त्यस्तै म्यान्चेस्टर सिटीले पनि रियाद महरेजलाई कीर्तिमानी मुल्यमा लेस्टर सिटीबाट क्लबमा आवद्ध गरिसकेको छ ।  

सिटीले एमरिक लापोर्टीलाई ५७ मिलियन पाउण्डमा, केभिन डि ब्रोयनलाई ५५ मिलियन पाउण्ड र बेन्जामिन मेन्डेलाई ५२ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?