सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्ट्स पराजित

एजेन्सी । इटालियन लिग सिरी ‘ए’ फुटबलको अन्तिम खेलमा युभेन्ट्स पराजित भएको छ । 

यो सिजनको लिग च्याम्पियन बनिसकेको युभेन्ट्स अन्तिम खेलमा साम्पडोरियासँग २-० गोल अन्तरले पराजित भएको हो । साम्पडोरियाविरुद्धको खेल भने स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो अनुपस्थित थिए ।

साम्पडोरियाका ग्रिगोरी डिफ्रेल र जियानलुका क्यापरारीले समान एक-एक गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको साम्पडोरियाका लागि ८४ औँ मिनेटमा ग्रिगोरीले तथा खेलको इन्ज्युरी समयमा जियानलुकाले गोल गरेका थिए । यो हारसँगै युभेन्ट्सले ३८ खेलबाट २८ जित, ६ बराबरी र ४ खेलमा हार बेहोर्दै ९० अंक बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?