चितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरी बृत सोह्रखुट्टेका इन्सपेक्टर सुदर्शन देव जोशिको  कमाण्डमा खटिएको टोलिले चितुवाको छाला र हड्डीसहित  दुई जनालाई पक्राउ गरेको छ ।   

उनीहरुलाई जोशिको कमाण्डमा खटिएको टोलिले विशेष सुचनको आधारमा पक्राउ गरेको हो । उनीहरुलाई सोह्रखुट्टेदेखि फलो गर्ने क्रममा कलंकी मकालु पेट्रोलपम्प नजिकैबाट ‘ओडोबो’ नामक खैरो झोला भित्र लुकाई छिपाई बोकी हिडीरहेको अबस्थामा बन्यजन्तु चितुवाको छाला र कंकाल हड्डीसहित पक्राउ गरेको हो ।

पक्राउ पर्ने धादिङ सल्लेनकोट-९ घर भई हाल काठमाण्डौ बालाजु बस्ने पल बहादुर मगरको छोरा वर्ष ३५ को उदय मगर र बर्दिया राजापुर न पा ९ घर भएका गजु थारूकमेका ३० वर्षे कृष्ण चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान गर्नको लागि जिल्ला बन कार्यालय पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?