काठमाडौं । नेपाल ए आयरल्यान्ड ‘ए’सँग ४० रनले पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ पुनः पराजित भएको हो ।
दुई सय २५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो।
नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए । त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो ।
आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए । त्यस्तै पिटर मुरले ६५ रन, जेम्स मोकुलमले २६ रनको योगदान दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया