गृहमन्त्रीले यसो भने विप्लपबारे

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वले गर्दै आएको सशस्त्र गतिविधीको जानकारी सरकारलाई रहेको बताएका छन् । 

गृहमन्त्री थापाले सोमवार प्रतिनिधिसभामा बोल्दै विप्लव नेतृत्वको नेकपाले जनसेना र जनसरकार गठन गरेको सरकारलाई जानकारी रहेको जानकारी दिएका हुन् । 

उनले भने, ‘विप्लव नेतृत्वको नेकपाले जनसरकारको रुपमा जनपरिषद र जनसेनाको रुपमा ४ वटा कम्पनी गठन गरेर  सशस्त्र गतिविधी गरिरहेको सरकारलाई जानकारी छ ।’
साथै उनले अब वार्तामार्फत नै विप्लव समूहलाई नियन्त्रण गरेर मूलधारमा ल्याउँदै समस्याको समाधान गर्न सकिने पनि बताए । 

गृहमन्त्री थापाले आइतवार काठमाडौँमा भएको बम विस्फोटनमा कुनै पनि नागरिकको मृत्य नभएको बताए ।  उनले भने, ‘ हिजो ‘आइतवार’ भएको घटनामा चारजनाको मृत्यु भएको जानकारी आफूसँग रहेको छ, र ती सबै विप्लव समूहसँगै सम्बद्ध कार्यकर्ता रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?