रवीन्द्र मिश्रले भने–मार्ने, काट्ने लुट्नेहरुले नै हिंसाको विरोध गर्ने ?

काठमाडौं– साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले जनयुद्धको नाममा जसले मारे, काटे, रेटे, गिँडे, लुटे उनले सिंसाको विरोध गरेको भन्दै आलोचना गरेका छन् । 

 हजारौँको घरपरिवार विचल्ली पार्ने र त्यसैको आधारमा अहिले शानको जीवन विताइरहेका तत्कालीन माओवादीका नेतारूले नै सज्जन बनेर हिंसाको निन्दा गरिरहेको उनको भनाई छ । 

सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्र हुँदाहुँदै हिंसाको राजनीति गर्ने र त्यसलाई संस्थागत गर्नेहरूबाट देशको भलो कहिल्यै नहुने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?