घुस रकम सहित नायक सुब्वा धिमाल पक्राउ

झापा । झापाका नायव सुब्वा राजकुमार धिमाल ३५ हजार रुपैयाँसहित पक्राउ परेका छन् । 

प्रहरीले उनलाई घुस लिएको ३५ हजारसहित पक्राउ गरेको हो । धिमाल व्यवसायिक तथा शीप विकाश तालिम केन्द्रका नायव सुब्बा  हुन् । प्रहरीले तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको विषेश सुचनाको आधारमा पक्राउ गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले पक्राउ गरेको थियो । त्यस्तै उक्त कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?