करिष्मा मानन्धरले किन छाडिन् नयाँ शक्ति पार्टी ?

काठमाडौं । व्यक्तिगत कारण देखाउँदै अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्याग गरेकी छिन् । 

तत्कालीन नयाँ शक्तिकी नेत्री मानन्धरले अब आफू राजनीतिमा नरहेको बताएकी हुन् । उनी  २०७२ सालमा डा.बाबुराम भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् । 

केही पहिलेमात्रै बाबुराम भट्टराईले संघीय समाजवादी पार्टीसँग एकता गरेका थिए । एकता पछि पार्टीको नाम समाजवादी पार्टी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?