संवादमार्फत सहमति खोज्न नेता केसीको आग्रह

काठमाडौं– काँग्रेस प्रभावशाली नेता अर्जुन नरसिंह केसीले हाल सतहमा देखिएको विप्लव समस्यालाई वार्ताको मार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् ।

विप्लव समूहको बम विस्फोटका क्रममा ४ जनाको मृत्यु र ६ जना घाइते भएको प्रति दुख व्यक्त गर्दै केसीले तुरुन्त संवादद्वारा सहमति खोज्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
हिंसा समस्याको समाधान हुन नसक्ने भन्दै केसीले यसको भविष्य पनि नरहेको बताएका छन् ।

‘हिंसा समाधान होइन यसको भविष्य छैन।शान्तिको विकल्प हुँदैन’ केसीले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘ लामो हिंसाआतंक र रक्तपात बाट जर्जर यो देशलाई पुनःहिंसा र रक्तरञ्जितस्थिति सह्य हुँदैन। तुरुन्त संवाद द्वारा सहमति खोज।’

हिंसा निन्दनीय भएको भन्दै सरकारी उदासीनता र निरीहतामा पनि खेद प्रकट गरेका छन् ।

उनले  मृत्य आत्माको चीरशान्ति र घाइतेहरूको स्वाथ्यलाभको कामना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?