काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपालले गुजरातलाई आठ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमा दुई विकेट मात्रै गुमाएर विजय लक्ष्य पुरा गरेको हो।
नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक-एक विकेट लिए ।
त्यसअघि तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा गुजरात ९८ रनमै अल आउट भएको थियो ।
खेलमा गुलशन झाले ४ विकेट, करण केसीले ३ विकेट सोमपाल कामीले १ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया