टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’, ५० रुपैयाँमा ४ सय एमबी डाटा

७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने सो डाटा अफर नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी ल्याएको हो । 

यो अफर ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?