मोदीको सपथ ग्रहण कार्यक्रममा ओली भारत जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । 

ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेको जानकारी दिए । 

दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

उनी शुक्रबार स्वदेश फर्कनेछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?