काठमाडौँ महानगरमा सिसी क्यामेराको जडान गर्न छ करोड

सुरक्षालाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न लागेको छ ।

यसको लागि थप र दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिकाको ३३ औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो ।  

महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?