काठमाडौं । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई ७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महाङकाल–३ घर भई हाल ललितपुर नगरपालिका–१७ बस्ने २७ वर्षीय सरोज घले रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले घलेलाई आइतबार ग्वार्कोबाट पक्राउ गरेको हो ।
२०७३ साल चैत ११ गते प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाने क्रममा स्वर्गद्वारी नगरपालीका –३ रुमालेमा बा ८ च १५६१ नं.को स्कार्पियो जिप दुर्घटना हुँदा दिनेश ध्वज बस्नेतसहित ६ जनाको मृत्यु भएको थियाे ।सोही जिपका चालक घले सवारी ज्यान मुद्दामा फरार रहेकाे प्रहरीले जनाएको छ थिए ।
पक्राउ पश्चात घलेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय प्युठान पठाईएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया