देश- विदेशसम्मका कार्यकर्तालाई प्रशिक्षण दिदै कांग्रेस, यस्तो छ तयारी

नेपाली कांग्रेसले देश विदेशमा रहेका आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिँदैछ ।

केही समयअघि नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न १३ वर्ष उमेर पुगेका विद्यार्थीलाई समाजवादको प्रशिक्षण दिने निर्णय गरेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाठ्यक्रमअनुसार ७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम जारी छ । 

यस्तै कांग्रेसले क्रियाशील सदस्यका लागि पनि एक दिने आधारभूत प्रशिक्षण कार्यक्रम दिने कार्यक्रम छ । 

जेठ ३ गते बसेको प्रतिष्ठानको बैठकले काँग्रेसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौँमा आयोजना गर्ने, पार्टीका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाहरूलाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नेर गराउने निर्णय गरेको थियो ।

यस्तै विदेशस्थित जनसम्पर्क समितिमा आबद्ध सदस्यहरूलाई प्रशिक्षण दिने, सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस मेला’को आयोजना गर्ने घोषणाको प्रतिष्ठानले तयारी अगाडि बढाएको छ ।

यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको तीन दिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ । जुन २१ तारिखदेखि २३ सम्म ९असार ६ गतेदेखि ८ गते० विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरू कोपनहेगन जाने बताइएको छ । 

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, नेताहरू मिनेन्द्र रिजाल, गगन थापा र धनराज गुरुङलगायत केन्द्रीय नेताहरूको उपस्थिति रहने समितिले जनाएको छ । 

साथै प्रतिष्ठानमा कार्यकारी निर्देशक पुरूषोत्तम दाहाल पनि सहभागी हुने छ ।

कार्यक्रमलाई सफल बनाउन नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापतिको संयोजकत्वमा पूर्वसभापतिहरू नवीन पौडेल, नवराज आचार्य ९नवीन०, रामचन्द्र पाठक, त्रिलोचन सापकोटा, यमलाल सुवेदी वर्तमान महामन्त्री यादव बस्नेत र दीपेन्द्र चुँडाल सम्मिलित तयारी समिति गठन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?