भुकम्पपछिको ४ वर्ष : धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम बल्ल सुरु

भुकम्प  गएको ४ वर्ष पुरा भइसकेको छ ।

पूनर्निर्माणमा जुन ढंगले लाग्नुपर्ने हो त्यो छैन ।

परिणमस्वरुप अझैपनि राष्ट्रिय धरोहर तथा संरचनाहरु  निर्माण भएका छैनन् ।

काठमाडौँको मुटुमा अवस्थित धरहरा समेत निर्माणाधिन छ ।

धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन्।

धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले भने, धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको छ ।

श्रेष्ठले निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणको क्रममा स्थानीय समुदायबाट अझ सहयोग प्राप्त भए कार्य गर्न सहज हुने बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अवलोनकनका क्रममा धरहरा पुनर्निर्माण कार्य सन्तोषजनक गतिमा अघि बढेको पाएको बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?