जाजरकोट टू काठमाडौं : एक हजार मात्र भाडा

अबदेखि एक हजार रुपैयाँले काठमाडौँदेखि जाजरकोटसम्मको यात्रा गर्न सकिने भएको छ।

यातायात व्यवसायीको प्रतिस्पर्धाका कारण झण्डैं आधा भाडामा यात्रुले काठमाडौंसम्मको यात्रा गर्न पाउने भएका छन्।

जाजरकोट यातायात प्रालिले जाजरकोट- काठमाडौं चल्ने रात्री बसमा प्रति व्यक्ति एक हजार रुपैयाँ भाडादर कायम गरेका छन् । 

जाजरकोटदेखि काठमाडौंको दूरी ८ सय २९ किलोमिटर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?