न्यूरोडमा स्मार्ट पार्किङ संचालनमा आउँदै , एक हप्ता ट्रायल !

न्युरोड जाने काम परेका सबैजसोलाई सताउने एउटा साझा चिन्ता छ, पार्किङको । 
कहाँ गर्ने पार्किङ ? 

यो विकराल समस्याको समाधान अब हुने भएको छ ।

न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ संचालनमा आएसँगै यो समस्या समाधान हुने अपेक्षा लिइएको छ । 

काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाइ पछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको गरी कुल पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागेको कम्पनीका आइटी को–अर्डिनेटर हरीष अग्रवाल बताउँछन् । 

तीन महिना अघि काठमाडौं  महानगरले ह्विल्स ट्रलियोर्स कम्पनीसँग स्मार्ट पार्किङ सञ्चालनका लागि सम्झौता गरेकोमा  कम्पनीले स्मार्ट पार्किङ सञ्चालनको अन्तिम तयारी गरिरहेको छ ।

सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन गर्ने तयारी छ ।

 ती स्थानमा आठ साय बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको अग्रवालले जानकारी दिए । ‘बिहीबारदेखि एक साता परिक्षण गरिने बुझिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?