काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र ग्रिनसिटी, स्टार हस्पिटल ललितपुर तथा कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल बीच स्वास्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ ।
सम्झौतामा बैंकका कर्मचारी र उनका परिवारका सदस्य, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा छुट प्रदान गर्ने सहमती भएको छ ।
सम्झौता अनुसार ग्रिनसिटी हस्पिटलमा उपचार गराउँदा २०% सम्मको छुट, कान्तिपुर डेन्टल हस्पिटलमा उपचार गराउँदा १०% सम्म र स्टार हस्पिटलमा उपचार गराउँदा १५% सम्म छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया