हेरोइनसहित भारतमा नेपाली युवक पक्राउ

नेपाल–भारतको सीमा सुनौली क्षेत्रबाट झण्डै चार करोड रुपैयाँ बराबरको लागुऔषध हिरोइन सहित नेपाली युवा पक्राउ परेका छन् ।

पक्राउ परेका युवा  रुपन्देही मर्चवारी गाउँपालिका–७ मन्झरियाका सुदामा गौतम रहेको बताइएको छ । 

पक्राउ परेका गौतमलाई सुनौली क्षेत्रको सामकाठ नाकाबाट नेपाल जाने क्रममा २ सय ३५ ग्राम लागुऔषध हेरोइन सहित पक्राउ गरिएको एसएसबीले जनाएको छ । 

प्रहरीका अनुसार ३ करोड ७३ लाख रुपैयाँ बराबरको २ सय ३५ ग्राम हेरोइन बरामद गरिएको हो । पक्राउ परेका गौतममाथि भारतीय कानुन अनुसार मुद्दा दायर गरी घटनाको थप अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?