लोकसेवा आयोगले ठूलो संख्यामा स्थानीय तहमा कर्मचारी माग्यो (सूचनासहित)

 काठमाडौँ–लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ ।  स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो ।
        सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।
    
    प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?